१३ कार्तिक २०८३, बिहीबार

प्रधानन्यायाधीश शर्मा र सांसद पोखरेलले इनम सापकोटासँगको सम्बन्ध अस्वीकार गरे


ड्रागन मिडिया सम्वाददाता

प्रधानन्यायाधीश मनोजकुमार शर्मा र सांसद विश्वराज पोखरेलले इनम सापकोटासँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्।

शर्मा र सांसद तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले अमेरिकामा रकम जम्मा गरिएको भनिएको प्रकरणमा आफ्नो नाम जोडिएका दाबी अस्वीकार गरेका हुन्।

उनीहरूले बिहीबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आफ्नो बदनाम गर्न खोजिएको र आरोपमा जोडिएका व्यक्तिहरूसँग कुनै सम्बन्ध नरहेको बताएका छन्।

शर्माले आफू पदमा पुग्नुअघि नै प्रधानन्यायाधीश भइसकेको दाबी गरिएको सार्वजनिक कागजात सत्य नभएको बताएका छन्। तर, सशस्त्र प्रहरी बलका एआईजी वंशी दाहालको समेत नाम जोडिएको अमेरिकामा रकम जम्मा गरिएको कागजात नेपाल प्रहरीले प्रमाणित गरेको देखिने समाचारमा उल्लेख छ।

सार्वजनिक कागजातमा जनवरी, नोभेम्बर र डिसेम्बर महिनाका लागि तीन जनाको नाममा कुल १ लाख ९८ हजार ३ सय ३३ रकम उल्लेख छ। कर कटाएपछि रकम १ लाख ७४ हजार ३ सय ३३ हुने कागजातमा जनाइएको छ।

उक्त रकम अमेरिकी डलर हो वा नेपाली रुपैयाँ भन्ने कागजातमा स्पष्ट छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button