१३ कार्तिक २०८३, बिहीबार

देउवा समूहको दैलेख सभापतिमा दिनेश हमाल सर्वसम्मत

ड्रागन मिडिया सम्वाददाता

दैलेख। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको दैलेख जिल्ला सभापतिमा दिनेश हमाल सर्वसम्मत निर्वाचित भएका छन्।

बिहीबार सम्पन्न जिल्ला अधिवेशनले हमाललाई सभापति चयन गरेको हो। उनी पूर्वमहाधिवेशन प्रतिनिधि हुन्।

समूहका युवा नेता विनोदकुमार शाहीका अनुसार अन्य पदाधिकारीको टुङ्गो केही दिनभित्र लाग्नेछ।

यसअघि दैलेखका दुवै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको थियो। निर्वाचन क्षेत्र नम्बर १ मा विनोदकुमार मल्ल र क्षेत्र नम्बर २ मा नैनबहादुर शाही क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button