९ बैशाख २०८३, बुधबार

डिजलमा ३०, हवाई इन्धनमा ५ रुपैयाँ वृद्धिडिजलमा ३०, हवाई इन्धनमा ५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र आन्तरिक हवाई इन्धनमा मूल्यवृद्धि गरेको जनाएको हो।

नयाँ मूल्यसूची अनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ तथा आन्तरिक हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ। परिवर्तित मूल्यअनुसार डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ कायम गरिएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीका आधारमा हिसाब गर्दा अझै पनि अत्यधिक घाटा कायम रहेको छ। लागत मूल्य उच्च र बिक्री मूल्य न्यून रहेकाले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा प्रतिलिटर ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ।

निगमद्वारा जारी विज्ञप्तिमा पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा अनुमान गरिएको उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button