ट्रम्पको दोधार : ‘युद्ध र अल्पकालीन भ्रमण दुवै हो’ भन्दै इरान नीतिमा अलमल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सैन्य अभियानलाई एकातिर ‘युद्ध’ र अर्कोतिर अल्पकालीन ‘भ्रमण (एक्सकर्सन)’ को संज्ञा दिँदै दोधारपूर्ण सन्देश प्रवाह गरेका छन्। उनको यो बयानले अमेरिकी आक्रमण कहिलेसम्म जारी रहने भन्ने अन्योलता थप बढाएको छ।

अमेरिकी राज्य ओहायोको भ्रमणका क्रममा पत्रकारहरूले ट्रम्पलाई प्रश्न गरे, “तपाईंले भर्खर यसलाई सानो भ्रमण भन्नुभयो र युद्ध पनि भन्नुभयो। यो के हो त?” जवाफमा ट्रम्पले भने, “यो दुवै हो। यो एउटा भ्रमण हो जसले हामीलाई युद्धबाट टाढा राख्नेछ, र युद्ध भनेको, मेरो मतलब उनीहरूको लागि यो युद्ध हो।”

सोमबार हाउस रिपब्लिकनहरूलाई सम्बोधन गर्दै ट्रम्पले इरानविरुद्धको सैन्य अभियानलाई ‘अल्पकालीन भ्रमण’ भनेका थिए भने पछि उनले ‘अन्तिम विजय हासिल गर्न पहिलेभन्दा बढी दृढतापूर्वक अघि बढ्ने’ प्रतिज्ञा गरेका थिए। उनले इरानको ‘सशर्त आत्मसमर्पण’ समेत माग गरिसकेका छन्।

एक्सिओस समाचारका अनुसार बुधबारको टिप्पणीमा ट्रम्पले अमेरिका–इजरायल र इरानबीचको युद्ध ‘चाँडै’ सकिने बताएका थिए, किनकि उनको भनाइमा ‘अब निशाना बनाउन बाँकी केही छैन।’ तर समाचारमा अमेरिकी र इजरायली अधिकारीहरूको हवाला दिँदै भनिएको छ कि उनीहरू इरानमा कम्तीमा दुई हप्ता थप आक्रमण गर्ने तयारीमा छन् र आक्रमण कहिले रोक्ने भन्नेबारे कुनै आन्तरिक निर्देशन जारी भएको छैन।

यसैबीच, संयुक्त राष्ट्र संघका लागि इरानका राजदूत तथा स्थायी प्रतिनिधि अमीर सईद इरावानीले मंगलबार बताएअनुसार फेब्रुअरी २८ यता अमेरिकी–इजरायली आक्रमणमा इरानमा १ हजार ३ सय भन्दा बढी नागरिक मारिएका छन् भने ९ हजार ६ सय ६९ वटा नागरिक संरचना ध्वस्त भएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button