३ बैशाख २०८३, बिहीबार

खजुरा गोल्डकप : अकिन्सोलाको दुई गोलमा नाइजेरियन जोन क्लब एपीएफलाई ३–० ले हराउँदै सेमिफाइनलमा

खजुरा, बाँके — वैशाख ३। खजुरामा जारी प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगितामा नाइजेरियन जोन क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। नाइजेरियन क्लबलाई विजयी बनाउन ताजुदिन अकिन्सोलाले दुई गोल गरेका थिए।

खेलको नवौं मिनेटमै ताजुदिन अकिन्सोलाले पहिलो गोल गर्दै नाइजेरियन क्लबलाई अग्रता दिलाएका थिए। पहिलो हाफको ४१ औं मिनेटमा ओलाबी अफिजले दोस्रो गोल थपेपछि टोली २–० को अग्रताका साथ मैदान छाडेको थियो। दोस्रो हाफको ६२ औं मिनेटमा ताजुदिन अकिन्सोलाले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै टोलीको ३–० को सहज जित सुनिश्चित गरे।

खेल अवधिभर नाइजेरियन क्लब जोनले एपीएफ क्लबलाई लगातार दबाबमा राखेको थियो भने एपीएफका प्रयासहरू गोलमा परिणत हुन सकेनन्।

न्यू डाँफे स्पोर्ट्स क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ तथा उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button