मध्यपूर्वमा तत्काल युद्धविरामको प्रस्ताव अस्वीकृत हुँदा चीन निराश

संयुक्त राष्ट्रसंघ, न्यूयोर्क – संयुक्त राष्ट्र सुरक्षा परिषद्मा मध्यपूर्वको अवस्थाबारे रूसले प्रस्तुत गरेको मस्यौदा प्रस्ताव अस्वीकृत भएपछि चीनले निराशा व्यक्त गरेको छ। बुधबार भएको मतदानपछि चिनियाँ स्थायी प्रतिनिधि फु कोङले यो धारणा राखेका हुन्।

फु कोङले रूसद्वारा प्रस्तुत प्रस्तावले संयुक्त राष्ट्र बडापत्रको उद्देश्य र सिद्धान्तलाई पुनः पुष्टि गरेको, सबै पक्षलाई तुरुन्त सैन्य गतिविधि रोक्न आग्रह गरेको, नागरिक र नागरिक पूर्वाधारमाथिको सबै आक्रमणको निन्दा गरेको र सम्बन्धित सबै पक्षलाई कूटनीतिक वार्ताको बाटोमा फर्कन प्रोत्साहित गरेको बताए। “यसको सामग्री सैद्धान्तिक र सन्तुलित छ, जसलाई चीनले स्वागत र समर्थन गर्दछ। प्रस्ताव पारित हुन नसक्दा हामी निराश र खेदित छौं,” उनले भने।

यो युद्ध हुनै नहुने भन्दै फु कोङले मध्यपूर्वको इतिहासले विश्वलाई बारम्बार सिकाएको छ कि बल प्रयोगले कुनै समाधान दिँदैन र सशस्त्र द्वन्द्वले घृणा मात्र बढाउँछ र नयाँ संकट जन्माउँछ। “तत्कालको आवश्यकता भनेको सैन्य कारबाही रोक्नु, शत्रुताको विस्तार र फैलावट रोक्नु र सकेसम्म चाँडो वार्ता र संवादमा फर्कनु हो। चीन शान्तिका लागि आफ्नो प्रयास जारी राख्नेछ,” उनले भने।

सुरक्षा परिषद्ले बुधबार मध्यपूर्वमा जारी सैन्य द्वन्द्व सम्बोधन गर्ने दुई मस्यौदा प्रस्तावमा मतदान गरेको थियो। रूसद्वारा प्रस्तुत सबै पक्षलाई तुरुन्त सैन्य कारबाही रोक्न आग्रह गर्ने प्रस्ताव चार पक्षको मत पक्षमा, दुईको विपक्षमा र नौ मत बराबरमा रहेपछि अस्वीकृत भएको हो। रूस, चीन, पाकिस्तान र सोमालियाले प्रस्तावको पक्षमा मतदान गरेका थिए भने अमेरिका र लाट्भियाले विपक्षमा मतदान गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button