टिकापुरमा तनाव: डीएसपीमाथि दुर्व्यवहारको आरोपपछि सशस्त्र प्रहरी गणभित्रै युवा प्रदर्शन

काठमाडौं – कैलालीको टिकापुरस्थित खक्रौला भन्सार कार्यालय नजिक रहेको सशस्त्र प्रहरी गणभित्र केही युवाहरू प्रवेश गरी विरोध प्रदर्शन गरेका छन्। गणभित्र कार्यरत एक डिएसपीले सर्वसाधारणमाथि दुर्व्यवहार गरेको आरोपपछि आक्रोशित युवाहरू प्रत्यक्ष रूपमा प्रहरी अड्डामै पुगेर विरोध जनाएका हुन्।
स्थानीय स्रोतका अनुसार उक्त डिएसपीले स्थानीय नागरिकसँग अभद्र व्यवहार गरेको भन्दै युवाहरूले प्रहरी कार्यालय परिसरमै नाराबाजी गरेका थिए। घटनास्थलमा केही समय तनावपूर्ण स्थिति रहेको तर ठूलो अप्रिय घटना नभएको बताइएको छ। युवाहरूले सम्बन्धित अधिकृतविरुद्ध कारबाहीको माग गर्दै प्रदर्शन गरेको जनाइएको छ।
यस विषयमा सशस्त्र प्रहरीको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र आवश्यक प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जनाएको छ। केही समयअघि मात्रै यस क्षेत्रमा प्रहरी र स्थानीयबीच विवादको घटना भएको थियो।





