दरबारमार्गमा ‘राजकाज’: रास्वपा शीर्ष नेतृत्वको ब्रेनस्टर्मिङ्ग

काठमाडौं, : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूबीच आज साँझ काठमाडौंको दरबारमार्गस्थित रोयल सिङ्गीमा एक उच्चस्तरीय भेटवार्ता भएको छ। पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह तथा उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालबीच उक्त बैठक बसेको हो।

बैठकपछि उपसभापति वाग्लेले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै भावुक अभिव्यक्ति दिएका छन्। उनले लेखेका छन्, ‘राजकाज! आज साँझको छलफल!’ यो संक्षिप्त तर अर्थपूर्ण टिप्पणीले राजनीतिक वृत्तमा विभिन्न कौतूहल र चर्चा पैदा गरेको छ।

पार्टीका चार प्रभावशाली नेताहरूबीच भएको यो बन्द सत्रको छलफलले हालैको राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति तथा संगठन सुदृढीकरणका विषयमा केन्द्रित रहेको बुझिएको छ। रोयल सिङ्गीमा भएको यो भेटलाई रास्वपाले आगामी दिनमा लिने रणनीतिक निर्णयसँग जोडेर हेरिएको छ।

शीर्ष नेताहरूको यो एकाएक भेट र वाग्लेको रहस्यमयी स्टाटसले पार्टीभित्र र बाहिर चासोको विषय बनेको छ। यस भेटले पार्टीको आन्तरिक गतिविधि र राष्ट्रिय राजनीतिमा रास्वपाको आगामी भूमिका कस्तो रहनेछ भन्ने चर्चालाई तीव्रता दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button