वैभवको तुफानी शतक : ३६ बलमा सतक, १२ छक्का, हैदरावादविरुद्ध राजस्थानको बलियो सुरुवात

जयपुर — इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औं खेलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच सवाई मानसिंह रंगशालामा रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ। हैदरावादले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो भने हैदरावादका कप्तान प्याट कमिन्स टोलीमा पुनरागमन गरेका छन्।
राजस्थानका युवा ब्याट्सम्यान वैभव सूर्यवंशीले आक्रामक प्रदर्शन गर्दै मात्र ३६ बलमा शतक पूरा गरे। उनले ३७ बलमा १२ छक्का र पाँच चौकासहित १०३ रनको विस्फोटक इनिङ्स खेले। सुरुआती ओभरमै उनले प्रफुल्ल हिङ्गेको बलमा चार छक्का प्रहार गरेका थिए। अन्ततः साकीबको बलमा उनी आउट भए।
यशस्वी जायसवाल भने धेरै समय टिक्न सकेनन्। उनी आठ बलमा १० रन बनाएर ईशान मलिङ्गाको बलमा पभेलियन फर्किए। ध्रुव जुरेलले पनि उत्कृष्ट अर्धशतक प्रहार गर्दै ५१ रनको योगदान दिए। ताजा अवस्थामा राजस्थानले १३.५ ओभरमा तीन विकेट गुमाएर १७० रन बनाइसकेको छ भने क्रिजमा डोनोभन फरेरा र रियान पराग टिकिरहेका छन्।





