१७ बैशाख २०८३, बिहीबार

बाँकेको सर्वाधिक पुरस्कार राशिको भेट्रान फुटसलको उपाधि बैकर्सलाई

नेपालगञ्ज — एफसी संघारीले आयोजना गरेको भेट्रान कप फुटसल प्रतियोगिताको उपाधि बैकर्स एण्ड ब्रदर्सले जितेको छ। नेपालगञ्जको बैकर्सले दाङको तुलसीपुरलाई २–१ गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो।

उपाधिसँगै बैकर्सले ५० हजार र उपविजेता तुलसीपुरले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगितामा सर्वाधिक गोलकर्ता बैकर्सका यदुनाथ खनाल, उत्कृष्ट खेलाडी बैकर्सकै अभिजित सिंह र उत्कृष्ट गोलकिपर तुलसीपुरका नवीन देवकोटा घोषित भए।

बाँकेमा हालसम्मकै ठूलो धनराशिको यस प्रतियोगितामा १८ टोली सहभागी थिए। ३५ वर्षमाथिका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउने यो प्रतियोगिताले पाका खेलाडीलाई फुटसलमा सक्रिय राख्न मद्दत पुर्याएको आयोजकको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button