क्यानद्वारा अमेरिका र स्कटल्यान्डविरुद्ध नेपाल ‘ए’ टोली घोषणा, अनिल साहको कप्तानी

काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल भ्रमणमा आउन लागेका अमेरिका र स्कटल्यान्डको टोलीसँग अभ्यास खेल खेल्न नेपाल ‘ए’ टोली घोषणा गरेको छ।
अनिलकुमार साहको कप्तानीमा घोषित १८ सदस्यीय टोलीमा तृतराज दास, देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, कुशल मल्ल, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री, रसिद खान, दीपक डुम्रे, पवन सराफ, मयन यादव, शेर मल्ल र साहब आलम रहेका छन्।
तीनै देशका ‘ए’ टोलीबीचको प्रतिस्पर्धा ६ देखि ११ मे सम्म मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा सञ्चालन हुने क्यानले जनाएको छ। नेपालले लिग–२ को आफ्नो अर्को शृंखला यूएई र ओमानविरुद्ध कीर्तिपुरमा खेलिसकेको छ भने अमेरिका र स्कटल्यान्डविरुद्धको शृंखला आगामी सातादेखि सुरु हुने तालिका छ।





