२१ बैशाख २०८३, सोमबार

धम्बोझीमा ओली-पुनको जोडी चम्कियो, बी लेभलको उपाधि कब्जा

नेपालगञ्ज। प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगितामा पुरुष बी लेभलतर्फ बिजन ओली र जितेन्द्र पुनको जोडीले उपाधि कब्जा गरेको छ। वैशाख १९ र २० गते सञ्चालित दुई दिने प्रतियोगितामा पुरुष सी लेभलमा दिपकराज बम र हिमाल बस्नेतको जोडी प्रथम भयो भने यू-१५ पुरुष एकलतर्फ आदित्य चौधरी कैलाली च्याम्पियन बने।

प्रतियोगितामा पुरुष बी लेभलको उपविजेता सनिउल्ला राइनी र राजेश साउदको जोडी बन्यो। सी लेभलमा शिव शाह र सद्दाम शेष तथा यू-१५ एकलतर्फ बिराट बस्नेत उपविजेता भए। बी लेभलमै पवन चौधरी र सन्दिप चौधरीको जोडी तथा अर्जुन बुढा र मुस्कान केसीको जोडी तृतीय भए। सी लेभलतर्फ कुमार शान शाह, नरेश थापा, नरेश मल्ल र परशुनारायण चौधरीको जोडी तृतीय रहे भने यू-१५ मा आशुतोष कशौधन र विपिन केसी तृतीय भए।

विजेतालाई नेपाल ब्याडमिन्टन संघका पूर्व केन्द्रीय सदस्य रतनकुमार टण्डन, पूर्व प्रशिक्षक तथा खेलाडी श्रवनकुमार श्रेष्ठ, नेपालगञ्ज-१ का वडाध्यक्ष प्रमोद रिजाल, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख चक्र डम्बर पाल, बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापा, वरिष्ठ राष्ट्रिय प्रशिक्षक जयन्त श्रेष्ठलगायतले पुरस्कृत गरे।

नेपालगञ्ज उपमहानगरपालिका-१ को सहकार्य तथा नेपाल ब्याडमिन्टन संघ काठमाडौं र बाँके जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितालाई आगामी दिनमा अझ बृहत बनाउने आयोजक धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रका अध्यक्ष जनार्दन रत्न मल्ल ठकुरीले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button