कोलकाताको लगातार तेस्रो जित : हैदरावाद १२० रनमा धराशायी, ८० रनले पराजित

कोलकाता। इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले शानदार प्रदर्शन गर्दै सनराइजर्स हैदरावादमाथि फराकिलो जित निकालेको छ। इडेन गार्डेन मैदानमा आइतबार दिउँसो भएको खेलमा कोलकाताले हैदरावादलाई ८० रनको भारी अन्तरले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो।
टस हारेर पहिले ब्याटिङको अफर पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय रनको चुनौतीपूर्ण स्कोर खडा गर्यो। वेंकटेश अय्यरले आक्रामक शैलीमा ६० रनको उत्कृष्ट इनिङ खेले भने अंगकृत रघुवंशीले ५० रनको सानदार योगदान दिए। कप्तान अजिन्क्या रहाणे ३८ रनमा आउट भए पनि रिन्कु सिंह अविजित ३२ रन बनाउँदै टोलीलाई बलियो स्थितिमा पुर्याए।
दुई सय एक रनको लक्ष्य पछ्याएको हैदरावाद भने लयमा देखिएन। हेनरिक क्लासनले सर्वाधिक ३३ रन बनाए पनि अन्य ब्याट्सम्यानको प्रदर्शन कमजोर रह्यो। अन्ततः हैदरावाद मात्र १६.४ ओभरमा १२० रनमा अलआउट भयो।
कोलकाताको जितमा बलर वैभव अरोरा र वरुण चक्रवर्तीले समान ३-३ विकेट लिँदै हैदरावादी ब्याटिङ तहसनहस पारे। यो जितसँगै कोलकाता चार खेलबाट चार अंक जोड्दै अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। लगातार तेस्रो हार बेहोरेको हैदरावाद भने तालिकाको पुछारतिर खस्केको छ।





