२३ बैशाख २०८३, बुधबार

सामसनको आतिशी ब्याटिङमा चेन्नईको सहज जित, दिल्लीको प्लेअफ यात्रा संकटमा

नयाँ दिल्ली । सञ्जु सामसनको विष्फोटक ब्याटिङको मद्दतले चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४८ औं खेलमा दिल्ली क्यापिटल्समाथि ८ विकेटको सहज जित दर्ता गरेको छ ।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन मात्र बनाउन सक्यो । जवाफमा चेन्नईले १७.३ ओभरमा २ विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्यो ।

चेन्नईको जितमा सामसनले ५२ बलमा अविजित ८७ रनको आक्रामक इनिङ खेले र प्लेयर अफ द म्याच बने । चेन्नई १५ बल बाँकी रहँदै विजयी भयो ।

यो हारसँगै दिल्ली १० खेलबाट ८ अंकमा सीमित हुँदा प्लेअफ सम्भावना धुमिल बनेको छ । समान खेलबाट १० अंक जोडेको चेन्नई छैटौं र दिल्ली सातौं स्थानमा छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button