१८ असार २०८३, बिहीबार

नेपाललाई १९६ रनको लक्ष्य

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा शनिबार जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९५ रनमा समेटिएको हो।

अमेरिकाका लागि ओपनर सुमित पटेलले सर्वाधिक ८३ रन बनाए। सेहान जयसूर्यले ५० रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै मिलिन्ड कुमारले २८ रन र हर्मित सिंहले १४ रन जोडे।

पटेल र जयसूर्यको इनिङका कारण अमेरिकाले प्रतिस्पर्धात्मक योगफलतर्फ अघि बढ्ने संकेत गरे पनि पछिल्लोक्रम टिक्न नसक्दा टोली पूरा ५० ओभर खेल्न सकेन। नेपाली बलरहरूले मध्यक्रमपछि निरन्तर दबाब बनाउँदै अमेरिकालाई १९५ रनमै रोके।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। सोमपाल कामीले २ विकेट हात पारे भने सन्दीप लामिछाने र गुल्सन झाले समान १–१ विकेट लिए।

आजको खेलमा नेपालले टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ। जितका लागि नेपालले अब ५० ओभरमा १९६ रन बनाउनुपर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button