अमेरिकाविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्दै, टोलीमा कुनै परिवर्तन छैन

काठमाडौँ — आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकासँग टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।
टस जितेर अमेरिकाले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङका लागि मैदानमा उत्रिएको हो। नेपालले आजको खेलमा अघिल्लो खेलको प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन। यो नेपालको सन् २०२४-२६ सिरिजको अन्तिम घरेलु खेलसमेत हो।
नेपालले पछिल्ला दुई घरेलु शृङ्खलामा राम्रो लय समाते पनि अघिल्ला शृङ्खलाको खराब प्रदर्शनका कारण एकदिवसीय विश्वकप छनोटको सम्भावना भने सकसपूर्ण अवस्थामा छ। आजको खेल नेपालका लागि लिग-२ को अन्तिम अवसर हुनेछ।





