२१ जेष्ठ २०८३, बिहीबार

धम्बोझी क्लब र ब्रदर्श एफसीबीच उपाधि भिडन्त, हिमालयनलाई ४–१ ले हराउँदै धम्बोझी फाइनलमा

नेपालगञ्ज । जेन्जी सहिद इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापा मगरको स्मृतिमा भइरहेको प्रथम यू–२० (नाइन–ए साइड) फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक धम्बोझी क्लब र ब्रदर्श एफसीबीच प्रतिस्पर्धा हुने भएको छ।

धम्बोझी क्लबको आयोजनामा नेपालगन्ज–१ स्थित विशाल चोकको एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको प्रतियोगिताअन्तर्गत बुधबार भएको सेमिफाइनलमा धम्बोझीले हिमालयन सामुदायिक क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। प्रतियोगिताको फाइनल खेल बिहीबार हुने आयोजकले जानकारी दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button