३० जेष्ठ २०८३, शनिबार

नेपालले भुटानलाई दियो ११४ रनको लक्ष्य, सिताको संघर्षपूर्ण ३७ रन

काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले मध्यम योगफल तयार पारेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको अन्तिम बलमा सबै विकेट गुमाउँदै ११३ रन मात्र बनाउन सक्यो। नेपालले अब भुटानलाई रोक्न ११४ रनको लक्ष्य रक्षा गर्नुपर्नेछ।

नेपालका लागि अनुभवी खेलाडी सिता राना मगरले सर्वाधिक योगदान दिइन्। उनले २८ बलको सामना गर्दै ३७ रनको महत्त्वपूर्ण इनिङ खेलिन्। सुरुवातमा दबाबमा परेको नेपाली टोलीलाई उकास्न सिताले आठौं विकेटका लागि रुविना क्षेत्रीसँग मिलेर ३१ बलमा ४० रनको बलियो साझेदारी गरेकी थिइन्। रुविना क्षेत्रीले पनि २१ बलमा २४ रनको योगदान दिइन्।

अन्य ब्याटरहरूमा सोनी पाख्रीनले १३ रन जोडिन् भने सम्झना खड्का १० रन बनाएर आउट भइन्। नेपालका अन्य खेलाडीले भने क्रिजमा दोहोरो अंक जोड्न सकेनन्। भुटानको कसिलो बलिङसामु नेपाली ब्याटर खुलेर खेल्न नसकेको हो।

भुटानका लागि छिरिङ ज्याङ्बो र सोनामले उत्कृष्ट बलिङ गर्दै समान ३–३ विकेट लिए। कप्तान अञ्जु गुरुङले २ विकेट झारिन् भने रित्शी चोदेन र रिया प्रधानको भागमा समान १–१ विकेट रह्यो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button