२२ जेष्ठ २०८३, शुक्रबार

धम्बोझी क्लबलाई जेनजी सहिद स्मृति फुटबलको उपाधि, ब्रदर्स एफसी टाइब्रेकरमा स्तब्धधम्बोझी क्लबलाई जेनजी सहिद स्मृति फुटबलको उपाधि, ब्रदर्स एफसी टाइब्रेकरमा स्तब्ध

नेपालगन्ज । जेनजी आन्दोलनका सहिद सुलभराज श्रेष्ठ र आयुष थापाको सम्झनामा आयोजित यू–२० नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधि धम्बोझी क्लबले जितेको छ। खजुराको ब्रदर्स एफसीलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै धम्बोझीले उपाधि उचालेको हो।

विशालनगर चोकस्थित एन्फा ग्रासरुट फुटबल मैदानमा भएको फाइनल खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएको थियो। २७औं मिनेटमा विधान विकको गोलले ब्रदर्सले अग्रता लिएको थियो। तर, खेल सकिन एक मिनेट बाँकी रहँदा धम्बोझीका अनिपाल शाहीले ४९औं मिनेटमा बराबरी गोल गरे। अन्तिम समयमा सम्हालिन नसक्दा ब्रदर्स उपविजेतामै सीमित भयो।

उपाधिसँगै धम्बोझीले ५१ हजार र उपविजेता ब्रदर्स एफसीले ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगिता धम्बोझी क्लबकै आयोजनामा भएको थियो। विजेता, उपविजेता र विधागत उत्कृष्ट खेलाडीलाई सहिद परिवार, क्लबका अध्यक्ष तारामान कुँवर, वडाध्यक्ष प्रमोद रिजाल, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीलगायतले पुरस्कार वितरण गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button