२४ भाद्र २०८३, बुधबार

काठमाडौंको भुरुङखेलबाट ठूलो परिमाणमा अवैध पटाका बरामद, एक जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता

काठमाडौँ महानगरपालिका–१८ भुरुङखेलस्थित एक घरबाट प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भण्डारण गरिएको पटाका बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सुजन कपाली रहेका छन्। भुरुङखेलस्थित घरमा अवैध रूपमा पटाका लुकाईछिपाई राखेर बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उक्त स्थानमा जाँच गरेको थियो।

जाँचका क्रममा प्रहरीले कपालीलाई नियन्त्रणमा लिनुका साथै ठूलो परिमाणमा पटाका बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाका अनुसार प्रारम्भिक अनुसन्धानबाट ती पटाका अवैध रूपमा भण्डारण गरी बिक्री वितरण गर्ने उद्देश्यले राखिएको खुलेको छ।

प्रहरीले बरामद सामग्रीको परिमाण, स्रोत तथा त्यसको आपूर्ति र बिक्री वितरणमा अन्य व्यक्तिको संलग्नता रहे नरहेको विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ।

पक्राउ परेका कपालीविरुद्ध प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button