२४ भाद्र २०८३, बुधबार

चिलिमे जलविद्युत आयोजनाको उद्धारस्थलसम्म आजदेखि अस्थायी सडक सञ्चालनमा आउने

ड्रागन मिडिया सम्वाददाता

चिलिमे जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आजदेखि उद्धारस्थलसम्म अस्थायी सडक सञ्चालनमा ल्याइने भएको छ।

मंगलबारसम्म प्रभावित क्षेत्रमा आवतजावत तथा उद्धारका लागि हेलिकप्टर प्रयोग हुँदै आएको थियो। अब अस्थायी सडक सञ्चालनमा आएपछि स्थलमार्गबाट पनि उद्धार सामग्री, जनशक्ति तथा आवश्यक उपकरण पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ।

उद्धार कार्यलाई तीव्र बनाउन आजदेखि नाइट सिफ्टसमेत शुरु गरिने भएको छ। यससँगै खोज, उद्धार तथा आवश्यक व्यवस्थापनसम्बन्धी कामलाई चौबीसै घण्टा निरन्तरता दिइनेछ।

सडक सञ्चालनमा आएपछि हेलिकप्टरमाथिको निर्भरता केही घट्ने र उद्धार कार्यलाई थप व्यवस्थित तथा निरन्तर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button