थाइवानलाई अमेरिकी हतियार बिक्रीको चिनियाँ जवाफ

चीनको रक्षा मन्त्रालयका प्रवक्ता वु छ्यानले थाइवानलाई अमेरिकी हतियार बिक्रीको नयाँ चरणबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिनुभएको छ

 

अमेरिकी रक्षा तथा सुरक्षा सहयोग व्यूरोले केही दिनअघि घोषणा गरे अनुसार, अमेरिकाले थाइवानलाई करिब ३८ करोड ५० लाख अमेरिकी डलर बराबरको हतियार बेच्ने योजना पारित गरेको प्रश्नको जवाफ दिँदै प्रवक्ता वु छ्यानले भन्नुभयोः चीनको थाइवानलाई अमेरिकी हतियार बिक्री गर्ने निर्णयबाट चीनको सार्वभौमिकता र सुरक्षा हितमा गम्भीर क्षति पुर्याएको छ दुई देशका सेना लगायत चीनअमेरिका सम्बन्धलाई भङ्ग पार्दै थाइवान जलडमरुको शान्ति र स्थिरतालाई पनि खतरामा पारेको छ। हामी यसको घोर भर्त्सना र कडा विरोध गर्दछौं र अमेरिकी पक्षसमक्ष गम्भीर रुपमा सम्पर्क गरेका छौं।

 

थाइवानको मुद्दा चीनको मुख्य हितको मूल आधार हो भन्दै उहाँले चीनअमेरिका सम्बन्धको राजनीतिक जग र पहिलो उलंघन गर्न नसक्ने पहिलो रातो रेखा भएको पनि उहाँले बताउनुभयो। उहाँले भन्नुभयोहामी अमेरिकी पक्षलाई थाइवान स्वतन्त्रता” लाई समर्थन नगर्नेथाइवानलाई कुनै पनि तरिकाले सशस्त्र नबनाउने र दुई देश तथा दुई देशका सेनाबीचको सम्बन्धको समग्र स्थितिको संरक्ष गर्न ठोस कदम चाल्ने आफ्नो प्रतिबद्धतालाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न ताकिता गर्छौँ। चिनियाँ जनमुक्ति सेनाले सैन्य प्रशिक्षण र युद्धको तयारीलाई सबल बनाउन जारी राख्नेछ र कुनै पनि थाइवान स्वतन्त्रतापक्षधरको पृथकतावादी षडयन्त्र र बाह्य शक्तिहरूको हस्तक्षेपलाई दृढतापूर्वक विफल पार्दै जाने छौं

Cri

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button