२६ भाद्र २०८३, शुक्रबार

चीनको पाँचौँ खेप आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

ड्रागन मिडिया सम्वाददाता

चीनले नेपालका लागि पठाएको पाँचौँ खेपअन्तर्गतको आपत्कालीन राहत सामग्री शुक्रबार काठमाडौं आइपुगेको छ।

चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२० ए विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।

राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए।

नेपालमा बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यलाई सहयोग गर्ने उद्देश्यले चीनले जेनेरेटर, मास्क, शव सुरक्षित राख्ने फ्रिजर, डीएनए परीक्षणका उपकरण तथा रिएजेन्ट र विभिन्न उद्धार सामग्री उपलब्ध गराएको छ।

नेपालको तत्कालीन आवश्यकता र विपद्पछिको अवस्थालाई ध्यानमा राखेर पठाइएका यी सामग्रीले खोज, उद्धार, शव पहिचान तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने चीनले जनाएको छ।

यसअघि पनि चीनले विभिन्न चरणमा नेपाललाई आपत्कालीन राहत तथा उद्धार सामग्री उपलब्ध गराउँदै आएको छ। पाँचौँ खेपअन्तर्गत आएको सहयोगले बाढी प्रभावित क्षेत्रमा जारी मानवीय तथा प्राविधिक कार्यलाई थप सघाउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button