२९ भाद्र २०८३, सोमबार

इन्धन संकटबीच धुन्चेमा निःशुल्क इन्धन वितरण

ड्रागन मिडिया सम्वाददाता

भदौ १० गते आएको विनाशकारी बाढीका कारण सडक सञ्जाल विच्छेद भई इन्धन संकट झेलिरहेको रसुवाको सदरमुकाम धुन्चेमा निःशुल्क इन्धन वितरण गरिएको छ। राहतका रूपमा गरिएको उक्त वितरणले स्थानीय आवागमन, आपत्कालीन सेवा र राहत ढुवानीमा तत्काल सहयोग पुगेको छ।

अमेरिकी एक संस्थाले मोटरसाइकलका साथै जिल्लाभित्र सञ्चालन हुने एम्बुलेन्स, विद्यालयका बस तथा राहत सामग्री ओसारपसार गर्ने सवारी साधनलाई पूर्ण रूपमा निःशुल्क इन्धन उपलब्ध गराएको हो। सडक अवरुद्ध भएपछि आपूर्ति प्रभावित हुँदा जिल्लामा पेट्रोलियम पदार्थको अभाव देखिएको थियो।

वितरणअन्तर्गत प्रत्येक मोटरसाइकललाई पाँच लिटरका दरले निःशुल्क पेट्रोल दिइएको छ। एम्बुलेन्स, विद्यालयका बस र राहत सामग्री बोकेर आउने सवारी साधनलाई पनि आवश्यकताअनुसार इन्धन उपलब्ध गराइएको जनाइएको छ।

बाढीपछिको कठिन अवस्थामा इन्धन वितरणले विशेषगरी स्वास्थ्य सेवा, राहत वितरण र स्थानीय यातायात सञ्चालनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button