बलुचिस्तानमा सुरक्षा कारवाहीमा चार आतंककारी मारिए

ड्रागन मिडिया समाचार कक्ष
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको खोजी कारवाहीका क्रममा चार आतंककारी मारिएका छन्।
सुरक्षा श्रोतका अनुसार आइतबार स्थानीय समयअनुसार राति करिब ८ बजे मस्तुङ जिल्लामा उक्त कारवाही सञ्चालन गरिएको थियो। सुरक्षा टोलीले खोजी गरिरहेका बेला एउटा परिसरमा लुकेर बसेका बलुचिस्तान लिबरेसन आर्मीसँग आबद्ध आतंककारीले गोली चलाएका थिए।
त्यसपछि सुरक्षा बलले जवाफी कारवाही गरेको र चार आतंककारी मारिएको श्रोतले जनाएको छ।
कारवाहीका क्रममा सुरक्षा बलतर्फ कुनै मानवीय क्षति वा घाइते भएको विवरण प्राप्त भएको छैन।





