३० भाद्र २०८३, मंगलवार

हराएका ५० मोटरसाइकल र स्कुटर सवारी धनीलाई हस्तान्तरण

ड्रागन मिडिया सम्वाददाता

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका ५० वटा मोटरसाइकल र स्कुटर फेला पारी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ।

ट्राफिक प्रहरीले खोजी तथा अनुसन्धानका क्रममा फेला पारेका ती दुई पांग्रे सवारी साधन मंगलबार कार्यालयमा आयोजित कार्यक्रममा सम्बन्धित सवारी धनीलाई बुझाएको हो। हराएका सवारी साधन फेला पारेर वास्तविक धनीलाई हस्तान्तरण गर्ने अभियानलाई ट्राफिक प्रहरीले नियमितरूपमा सञ्चालन गर्दै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button