३१ भाद्र २०८३, बुधबार

भोटेकोशी बाढीपीडितका लागि अख्तियारका पदाधिकारी र कर्मचारीबाट ६१ लाखभन्दा बढी सहयोग

ड्रागन मिडिया सम्वाददाता

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र कर्मचारीले आफ्नो तलबबाट ६१ लाख रुपैयाँभन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।

आयोगका अनुसार पदाधिकारीले १५ दिन, सचिवले १० दिन तथा सहसचिव र सो सरहका राष्ट्रसेवक कर्मचारीले १० दिन बराबरको तलब स्वेच्छिक रूपमा कट्टा गरी सहयोग गरेका हुन्। विपद प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले आयोगका विभिन्न तहका कर्मचारीले पनि आफ्नो तलबको निश्चित हिस्सा सहयोगस्वरूप प्रदान गरेका छन्।

यसअन्तर्गत उपसचिव, शाखा अधिकृत तथा सो सरहका कर्मचारीको सात दिन, राजपत्र अनङ्कित राष्ट्रसेवक कर्मचारीको पाँच दिन तथा श्रेणीविहीन कर्मचारीको दुई दिन बराबरको तलब स्वेच्छिक रूपमा कट्टा गरिएको आयोगले जनाएको छ।

यसरी पदाधिकारी तथा कर्मचारीको तलबबाट स्वेच्छिक रूपमा कट्टा गरिएको कुल ६१ लाख ६२ हजार ५०८ रुपैयाँ ७४ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको आयोगले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button