युक्रेनको आग्रहमा पुटिनसँग फोनवार्ता गरेको फिनल्यान्डका राष्ट्रपतिको भनाइ

ड्रागन मिडिया समाचार कक्ष
फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टबले युक्रेनको आग्रहमा आफू र नर्वेका प्रधानमन्त्री जोनास गार स्तोरेले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गरेको बताएका छन्। युक्रेनले मस्कोसँग सञ्चारको बाटो खोल्न चाहेकाले फोनवार्ता गरिएको उनले बताए।
फिनल्यान्डको सार्वजनिक प्रसारण संस्था यलेसँग कुरा गर्दै स्टबले उक्त वार्ता युक्रेनको आग्रहमा सञ्चारको माध्यम खोल्ने उद्देश्यले भएको बताए। उनका अनुसार अन्य युरोपेली देशहरूलाई पनि वार्ताको विषयवस्तुबारे जानकारी थियो।
“युक्रेन युद्ध वा बाल्टिक सागरको अवस्थाबारे रुसबाट युरोपेली सङ्घले प्रत्यक्ष सन्देश पाएको यो पहिलो पटक थियो,” स्टबले भने।
वार्तामा स्लाभहरूको इतिहासबारे छलफल भएको भन्ने फाइनान्सियल टाइम्सको समाचार गलत रहेको उनले बताए। फिनल्यान्डले मध्यस्थकर्ताको भूमिका नखेलेको र युक्रेनलाई समर्थन गरिरहने पनि उनले स्पष्ट पारे।
स्टब र स्तोरेले अक्टोबर २७ मा पुटिनसँग कुरा गरेका थिए। उनीहरूले युक्रेन युद्ध अन्त्यका प्रयासबारे विचार आदानप्रदान गर्नुका साथै नोभेम्बरको पहिलो आधामा अबुधाबीमा रुस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय वार्ता पुनः शुरु गर्ने सहमतिको स्वागत गरेका थिए।





