१६ कार्तिक २०८३, आईतवार

अमेरिकी आक्रमण दोहोरिए परमाणु अप्रसार सन्धिमा रहिरहनेबारे इरानले पुनर्विचार गर्न सक्ने रेजाईको भनाइ

ड्रागन मिडिया समाचार कक्ष

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाईले अमेरिकाको आक्रमण फेरि भए आफ्नो देश परमाणु हतियार अप्रसार सन्धिमा रहिरहने वा नरहनेबारे प्रश्न उठाएका छन्।

इरानको सरकारी दूरदर्शनसँग कुरा गर्दै उनले भविष्यमा युद्ध भए त्यसपछि इरान सन्धिको पक्षराष्ट्र रहिरहन्छ कि रहँदैन भन्ने स्पष्ट नभएको बताए। “तर हामी सन्धिको पक्षराष्ट्र रहुन्जेल हामीसँग २२ वटा अधिकार छन्,” उनले भने।

इरानको आणविक कार्यक्रमबारे छलफल शुरु हुनुअघि अमेरिकाले सन्धिले प्रत्याभूत गरेका सबै अधिकार प्रयोग गर्न इरानलाई सुनिश्चित गर्नुपर्ने रेजाईको भनाइ थियो।

“आणविक विषयमा छलफल गर्न चाहनुहुन्छ भने हामी पहिले आफ्ना अधिकारको माग गर्नेछौँ। तपाईंहरूले पहिले हाम्रा अधिकार स्वीकार गर्नुपर्छ,” उनले भने।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button