राष्ट्रपति पौडेलद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन्।
संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरिएको हो।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार विधेयक २०८३ साल भदौ ३१ गते प्रमाणीकरण गरिएको हो। उक्त विधेयकले नेपाल विशेष सेवा ऐन, २०४२ अन्तर्गतको साविकको कानुनी व्यवस्था पुनः कायम गर्ने आधार तयार गरेको छ।






