विराटनगर र बुढीगंगाबाट २५ लाख रुपैयाँको सयपत्री फूल बरामद

ड्रागन मिडिया सम्वाददाता
सशस्त्र प्रहरी बलको टोलीले मोरङको विराटनगर र बुढीगंगा गाउँपालिकाबाट २५ लाख रुपैयाँ बराबरको सयपत्री फूल बरामद गरेको छ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख गेहेन्द्रबहादुर भण्डारीका अनुसार शनिबार बुढीगंगा गाउँपालिका–२, टंकीसिनुवारीस्थित ग्लोबल कोल्ड स्टोर र विराटनगरको राधाकृष्ण कोल्ड स्टोरमा राखिएका फूल बरामद गरिएको हो। बिलबिजकबिनै भण्डारण गर्न लागिएको फूल अवैध रूपमा भारतबाट ल्याइएको प्रारम्भिक जानकारी रहेको उनले बताए।
तिहारका लागि भारतबाट फूल भित्रिँदा स्थानीय फूल उत्पादक किसान मर्कामा परेको गुनासो हुँदै आएको छ। पछिल्लो बरामदगीबारे थप विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।





