मनोहरा नदीमा बहाव बढेपछि किनारका बासिन्दालाई सतर्क रहन आग्रह

ड्रागन मिडिया सम्वाददाता
लगातारको वर्षापछि ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको बहाव बढेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले नदी आसपास बसोबास गर्ने तथा आवतजावत गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकालीलाई आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा राखिएको छ।
प्रशासनले नदी किनारमा अनावश्यक रूपमा नजान, बढेको बहाव हेर्न नदी नजिक नपुग्न र सावधानी अपनाउन अनुरोध गरेको छ। बागमती जलाधार क्षेत्रमा वर्षा र नदीको बहाव बढ्न सक्ने पूर्वानुमान भएकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ।





