१५ कार्तिक २०८३, शनिबार

न्याय क्षेत्रका विवादमा संसदीय प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्याय क्षेत्रमा देखिएका पछिल्ला विवादबारे संसदीय प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। पार्टीले न्यायपालिकाको समग्र पुनर्संरचनामा संसद्को भूमिका अपरिहार्य रहेको ठहर गरेको हो।

शनिबार बसेको सचिवालय बैठकले न्यायिक विवादहरू अदालत वा न्याय परिषद्बाट मात्रै टुंगिने अवस्थामा नरहेको निष्कर्ष निकालेको प्रवक्ता जगदीश खरेलले बताए।

महाभियोगको सम्भावनाबारे सोधिएको प्रश्नमा खरेलले संसदीय प्रक्रियामा प्रवेश गरेपछि मात्रै त्यसको परिणाम तय हुने बताए। उनका अनुसार, रास्वपाले संसदीय दललाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको छ।

“न्याय क्षेत्रकै पुनर्संरचना गर्ने हो भने त्यसको संवैधानिक बाटो संसद् नै हो,” खरेलले भने। उनले पहिले प्रक्रिया अघि बढाउनुपर्ने र त्यसपछि संसदीय परिणामका आधारमा थप निर्णय हुने बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button