१ आश्विन २०८३, बिहीबार

सामुद्रिक जैविक विविधतासम्बन्धी सम्झौतामाथि आज प्रतिनिधिसभामा छलफल

ड्रागन मिडिया सम्वाददाता

सङ्घीय संसद प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ। बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रमा जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतामाथि सामान्य छलफल गर्ने विषय समावेश गरिएको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले “संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

आजै सङ्घीय संसदअन्तर्गत तीन संसदीय समितिका बैठक पनि बस्दैछन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिका बैठक बस्ने सङ्घीय संसद सचिवालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button