३ आश्विन २०८३, शनिबार

जडिबुटीमा ट्याङ्करको ठक्करबाट महिलाको मृत्यु, श्रीमान् घाइते

ड्रागन मिडिया सम्वाददाता

काठमाडौं — काठमाडौंको जडिबुटी क्षेत्रमा शुक्रबार ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्।

प्रहरीका अनुसार कोटेश्वरबाट जडिबुटी हुँदै भक्तपुरतर्फ गइरहेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्याङ्करले सोही दिशातर्फ गइरहेको बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार दोलखाकी ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको हो।

मोटरसाइकल चालक एवं कार्कीका श्रीमान् काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–४ का देवराज कँडेल दुर्घटनामा घाइते भएका छन्।

दुर्घटनापछि प्रहरीले ट्याङ्कर चालकलाई नियन्त्रणमा लिएको छ। दुवै सवारी साधन नियन्त्रणमा राखेर दुर्घटनाको कारण तथा परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button