४ आश्विन २०८३, आईतवार

एमाले सचिवालय बैठक दिउँसो ३ बजेका लागि सर्‍यो

ड्रागन मिडिया सम्वाददाता

नेकपा एमालेको दिउँसो १ बजे बस्ने भनिएको सचिवालय बैठक ३ बजेका लागि सारिएको छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक नसकिएपछि सचिवालय बैठकको समय परिवर्तन गरिएको हो।

निर्धारित समयमा सचिवालय बैठक शुरु हुन नसकेपछि अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालयमा करिब आधा घण्टा बसेर बाहिरिएका छन्। कार्यदलको छलफल जारी रहेकाले सचिवालय बैठक दुई घण्टा पछाडि सारिएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button