प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा अन्तर्राष्ट्रिय कानुनी सहयोगसम्बन्धी सम्मेलनमा सहभागी हुन चीन प्रस्थान

ड्रागन मिडिया सम्वाददाता
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन, २०२६’ मा सहभागी हुन आइतबार चीन प्रस्थान गरेका छन्। चीन कानुन समाजद्वारा आयोजित कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीनको ग्वान्झाउ प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन्।
प्रधानन्यायाधीश शर्मा नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी उमा शर्मा, सर्वोच्च अदालतका मुख्यरजिस्ट्रार विमल पौडेल र उपरजिस्ट्रार राजेन्द्र पौडेल सहभागी छन्। अन्तर्राष्ट्रिय कानुनी सहयोगसम्बन्धी उक्त मञ्चमा विभिन्न देशका कानुन तथा न्याय क्षेत्रका प्रतिनिधिहरूबीच अनुभव आदानप्रदान र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
सर्वोच्च अदालतका अनुसार प्रधानन्यायाधीश शर्मा असोज ८ गते स्वदेश फर्किने कार्यक्रम छ।





