५ आश्विन २०८३, सोमबार

निर्वाचनपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बैठक, ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने तयारी

ड्रागन मिडिया सम्वाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार ललितपुरस्थित रामवाग पार्टी प्यालेसमा आयोजित पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पुगेका छन्। फागुनमा सम्पन्न निर्वाचनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा निर्वाचनको समीक्षा र पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्ने तयारी छ।

बैठकमा सहभागी हुन अन्य केन्द्रीय नेताहरू पनि कार्यक्रमस्थलमा पुगेका छन्। पार्टीले केन्द्रीय कमिटीका सबै सदस्यलाई आफ्ना धारणा राख्ने समय उपलब्ध गराउने तयारी गरेको जनाइएको छ। यसबाट निर्वाचनपछिको अवस्था र पार्टीको सङ्गठनात्मक विषयमा सदस्यहरूका सुझाव सङ्कलन गर्ने अपेक्षा गरिएको छ।

अध्यक्ष ओलीले निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदनमा आवश्यक सुझाव समेटेर राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेका छन्। बैठकमा उक्त प्रतिवेदनमाथि छलफल हुने र केन्द्रीय सदस्यहरूले उठाएका विषयका आधारमा पार्टीले थप निर्णय गर्ने सम्भावना छ।

केन्द्रीय कमिटी बैठकअघि बसेको एमाले सचिवालय बैठकले निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदन पारित गरेको समाचार सार्वजनिक भएको छ। केन्द्रीय कमिटीमा त्यसको प्रस्तुति र छलफलले निर्वाचनको परिणामबारे पार्टीको संस्थागत समीक्षा तथा आगामी सङ्गठनात्मक प्रक्रियालाई अघि बढाउनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button