२० कार्तिक २०८३, बिहीबार

भारतीय विदेश सचिवको प्रधानमन्त्री र रवि लामिछानेसँग भेट

ड्रागन मिडिया सम्वाददाता

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले बिहीबार बिहान प्रधानमन्त्री बालेन्द्र साहसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र आपसी चासोका विषयमा छलफल भएको जनाइएको छ।

मिस्रीको नेतृत्वमा रहेको भारतीय प्रतिनिधिमण्डल बिहान ११ बजे प्रधानमन्त्रीसँग भेटका लागि सिंहदरबार पुगेको थियो। टोलीमा अतिरिक्त सचिव तथा चीन, नेपाल र भुटान हेर्ने नर्थ डिभिजन प्रमुख मन्नु महावर, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, दूतावासका उपप्रमुख डा. राकेश पाण्डे, प्रशासन शाखा प्रमुख अविनाश कुमार सिंह र राजनीतिक शाखा प्रमुख गीतान्जली ब्राण्डन सहभागी थिए।

प्रधानमन्त्रीसँग करिब आधा घण्टा भेटेपछि टोली मध्याह्न १२ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित इटालीटार पुगेको जन आस्थाले जनाएको छ। लामिछानेसँग भएको भेटबारे थप विवरण सार्वजनिक भएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button