कार्कीको रिट सर्वोच्चमा पेश, दर्ता हुन बाँकी

ड्रागन मिडिया सम्वाददाता
प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको रिट निवेदन सर्वोच्च अदालतमा पेश भएको छ। आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध उनले वारेसमार्फत रिट दर्ता गराउन निवेदन पेश गरेका हुन्।
तर, रिट दर्ता भने भइसकेको छैन। कार्कीका कानुन व्यवसायी टिकाबहादुर कुँवरका अनुसार बिहीबार बिहान साढे १० बजे निवेदन पेश गरिएको हो। सर्वोच्च अदालतले अध्ययन गरिरहेको र बेलुकासम्म दर्ता हुन सक्ने उनले बताए।
बुधबार बसेको आकस्मिक मन्त्रीपरिषद बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर एआईजी डा. मनोजकुमार केसीलाई नियुक्त गरेको थियो। केसीले सोही दिन पदभार ग्रहण गरिसकेका छन्।





