२० कार्तिक २०८३, बिहीबार

बागमतीका १४२ शाखा अधिकृतको सरुवा

ड्रागन मिडिया सम्वाददाता

बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवाका सामान्य प्रशासन समूहअन्तर्गतका १४२ जना सातौँ र आठौँ तहका शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको कात्तिक १८ गतेको निर्णयअनुसार अधिकृतहरूलाई प्रदेशका मन्त्रालय, निर्देशनालय, आयोग तथा विभिन्न कार्यालयमा खटाइएको हो।

सबैभन्दा धेरै ७९ जना अधिकृतलाई उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्रालय र मातहतका कार्यालयमा पदस्थापन गरिएको छ। सबैभन्दा कम भौतिक पूर्वाधार विकास मन्त्रालयमा एक जना अधिकृत खटाइएको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा पनि अधिकृतहरूलाई जिम्मेवारी दिइएको छ। प्रदेश लोकसेवा आयोग, प्रदेश सभा सचिवालय, प्रदेश नीति तथा योजना आयोग, प्रदेश सुशासन केन्द्र र प्रदेश किताबखानामा समेत अधिकृतहरू पदस्थापन भएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button