२० कार्तिक २०८३, बिहीबार

कार्कीले विशेष सुरक्षा सल्लाहकारको नियुक्तिपत्र लिन मानेनन्

ड्रागन मिडिया सम्वाददाता

नेपाल प्रहरीका महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा विशेष सुरक्षा सल्लाहकारका रूपमा नियुक्त गर्ने निर्णयअनुसार दिइएको पत्र लिन अस्वीकार गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका एक सचिवलाई उद्धृत गर्दै रातोपाटीले यस्तो समाचार दिएको छ।

बुधबार बसेको मन्त्रीपरिषद बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर नेपाल सरकारको सचिवसरह सेवा–सुविधा पाउने गरी विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो। उनको स्थानमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीलाई आईजीपी नियुक्त गरिएको थियो। केसीले सोही दिन पदभार ग्रहण गरेका थिए।

सरकारको निर्णयलाई गैरकानुनी र पूर्वाग्रहपूर्ण भन्दै कार्की सर्वोच्च अदालतमा रिट लिएर गएको समाचारमा उल्लेख छ। नयाँ जिम्मेवारीको पत्र नलिनुको कारण सरकारको निर्णयविरुद्ध न्यायिक उपचार खोज्ने तयारी रहेको कार्कीनिकट स्रोतले जनाएको रातोपाटीले उल्लेख गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button