५ आश्विन २०८३, सोमबार

संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहद्वारा प्रमुख प्रतिपक्षी कांग्रेससँग छलफल

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको भेटमा महासभामा नेपालको सहभागिता र त्यससँग सम्बन्धित विषयमा छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री शाहले महासभामा सहभागी हुनुअघि आवश्यक परामर्शका लागि प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई छलफलमा बोलाएका थिए। भेटमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र कांग्रेस नेता विश्वप्रकाश शर्मा सहभागी थिए।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन मंगलबार अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले महासभालाई सम्बोधन गर्दै नेपालको धारणा प्रस्तुत गर्नेछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button