५ आश्विन २०८३, सोमबार

राजदूत सिफारिसमा मापदण्ड उल्लङ्घन भएको शाहीको आरोप

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले विभिन्न देशका लागि राजदूत सिफारिस गर्दा परराष्ट्र मन्त्रालयले निर्धारण गरेको मापदण्ड उल्लङ्घन गरेको आरोप लगाएका छन्। सोमबार संसद बैठकमा बोल्दै उनले सरकारले आफैँ बनाएको मापदण्ड कार्यान्वयन नगरेको भन्दै प्रश्न उठाएका हुन्।

शाहीले विदेशी सहयोगबाट सञ्चालित गैरसरकारी संस्थामा कार्यरत रहेका वा त्यस्ता संस्थामा काम गरिसकेका व्यक्तिलाई राजदूत नियुक्ति गर्दा निश्चित शर्त पूरा हुनुपर्ने व्यवस्था रहेको बताए। उनका अनुसार सम्बन्धित पद छाडेको कम्तीमा दश वर्ष पूरा भएको हुनुपर्ने मापदण्डसमेत सरकारले पालना गरेको छैन।

उनले अमेरिकाका लागि सिफारिस चिरनजंग थापा, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरु जोशी, ओमानका लागि डा. पद्माक्षी राणा र दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठको नाम उल्लेख गर्दै उनीहरूको सिफारिस मापदण्डविपरीत भएको दाबी गरे। अन्य केही व्यक्तिको सिफारिससमेत निर्धारित शर्तअनुसार नभएको उनको भनाइ थियो।

सरकारले आफ्नै मापदण्ड लागू गर्न नसकेको भन्दै शाहीले नियुक्ति प्रक्रियामा विदेशी दबाब वा आर्थिक चलखेल भएको हुन सक्ने आरोपसमेत लगाए। उनले सरकारले बनाएको नियम सरकारले नै पालना नगर्नु सुशासनको मान्यताविपरीत भएको बताए।

शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले १३ देशका लागि राजदूत सिफारिस गरेको थियो। भारतका लागि डा. निश्चलनाथ पाण्डे र चीनका लागि डा. कल्याणराज शर्माको नाम प्रस्ताव गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button