९ आश्विन २०८३, शुक्रबार

परराष्ट्रमन्त्री खनाल र बेलायती राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

ड्रागन मिडिया सम्वाददाता

परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतकी अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा भेटवार्ता भएको छ।

भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध तथा पारस्परिक हितका विषयमा छलफल भएको थियो। दुवै पक्षले पछिल्लो समय विस्तार हुँदै गएको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श गरेका थिए।

नेपालमा हालै आएको विनाशकारी विपद्पछिको पुनरुत्थान र पुनर्निर्माणमा बेलायतसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भयो। मन्त्री खनालले नेपालले उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका काम अघि बढाइरहेको उल्लेख गर्दै यस क्रममा अन्तर्राष्ट्रिय साझेदारीको महत्त्व रहेको बताउनुभयो। दुवै पक्षले विद्यमान सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button