नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

ड्रागन मिडिया सम्वाददाता
नेपाल र नामिबियाबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकको सङ्ख्या १८७ पुगेको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा आयोजित समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र नामिबियाकी अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा असिपाला मुसाभीले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको हो।
हस्ताक्षरअघि दुई मन्त्रीबीच पारस्परिक हित र साझा चासोका विषयमा छलफल भएको थियो। नामिबियाली पक्षले नेपालमा हालै आएको विनाशकारी विपद्बाट भएको जनधनको क्षतिप्रति सहानुभूति व्यक्त गरेको थियो।
दुवै पक्षले द्विपक्षीय सहयोगका सम्भावना पहिल्याउँदै अघि बढ्ने र साझा हितका विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।





