९ आश्विन २०८३, शुक्रबार

विश्व हाप्किडो प्रतियोगितामा बन्दना बस्नेतलाई रजत

ड्रागन मिडिया सम्वाददाता

नेपालकी बन्दना बस्नेतले किर्गिस्तानमा सम्पन्न ब्रिक्स खेलकुदअन्तर्गतको खुला विश्व हाप्किडो प्रतियोगितामा रजत पदक जितेकी छन्। सेप्टेम्बर २२ देखि २४ सम्म इस्सिक कुल क्षेत्रमा आयोजित प्रतियोगितामा उनले महिलाको ४९ देखि ५३ किलोग्राम तौल समूहको क्योरुगी विधामा प्रतिस्पर्धा गरेकी थिइन्।

बन्दना फाइनलमा रुसकी खेलाडीसँग पराजित भएपछि रजत पदकमा सीमित भएकी हुन्। नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले उनको प्रदर्शनको प्रशंसा गर्दै उपलब्धिले नेपाली हाप्किडोका खेलाडीलाई थप उत्साहित बनाउने बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button