९ आश्विन २०८३, शुक्रबार

चिनियाँ र अमेरिकी प्रथम महिलाद्वारा एसियाली कला सङ्ग्रहालयको भ्रमण

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ राष्ट्रपति सी चिनफिङकी पत्नी फङ लियुआन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले बिहीबार वासिङ्टनस्थित राष्ट्रिय एसियाली कला सङ्ग्रहालयको भ्रमण गर्नुभएको छ। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उहाँहरूले पिकक कक्षसहित विभिन्न प्रदर्शनी कक्ष अवलोकन गर्नुभएको थियो।

भ्रमणका क्रममा फङले पछिल्ला वर्षहरूमा अमेरिकाले चिनियाँ सांस्कृतिक सम्पदा चीनलाई फिर्ता गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो। उहाँले सांस्कृतिक आदानप्रदान र सम्पदा संरक्षणमा दुवै देशबीच सहकार्य बढ्दै जाओस् तथा दुई देशका जनताबीच मित्रता अझ गहिरियोस् भन्ने आशा व्यक्त गर्नुभयो।

अवलोकनपछि दुवै प्रथम महिलाले अमेरिकी किशोरकिशोरीले गाएका चिनियाँ गीत सुन्नुभयो र उनीहरूसँग कुराकानी गर्नुभयो। फङले चिनियाँ भाषा र संस्कृतिको अध्ययन जारी राख्न तथा चीन र अमेरिकाबीच मित्रताका दूत बन्न उनीहरूलाई प्रोत्साहन गर्नुभएको सिन्ह्वाले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button