९ आश्विन २०८३, शुक्रबार

प्रतिकूल मौसमले काठमाडौं आएका तीन विमानको अवतरण प्रभावित

ड्रागन मिडिया सम्वाददाता

प्रतिकूल मौसम र अवतरण मार्गमा कम दृश्यताका कारण भारतको दिल्ली र मुम्बईबाट काठमाडौं आएका तीन विमान शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकी सिमरा आसपासको आकाशमा प्रतीक्षामा रहेका छन्।

दिल्लीबाट आएको इन्डिगोको ६ई१२५३ उडानले धावनमार्गमा अवतरणको प्रयास त्यागेर निजगढ–सिमरा क्षेत्रतर्फ फर्किएको विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै कान्तिपुरले जनाएको छ। उक्त विमान करिब १५ हजार फिट उचाइमा प्रतीक्षामा रहेको छ। दिल्लीबाटै आएको एयर इन्डियाको एआई२१७ उडान करिब १६ हजार फिट उचाइमा रहेको विवरण छ। मुम्बईबाट आएको इन्डिगोको अर्को विमान पनि सिमरा आसपास प्रतीक्षामा छ।

विमानस्थलका अनुसार काठमाडौंमा बिहान करिब तीन हजार मिटर रहेको दृश्यता पछि चार हजार मिटर पुगे पनि अवतरण मार्गमा बादलका कारण समस्या कायम थियो। मौसम अनुकूल भएपछि विमानहरूले पुनः अवतरणको प्रयास गर्ने जानकारी दिएका छन्। ती विमानको पछिल्लो अवस्था र यात्रु सङ्ख्याबारे थप विवरण प्राप्त भएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button