११ आश्विन २०८३, आईतवार

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

ड्रागन मिडिया सम्वाददाता

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले महाराजगन्जस्थित निवासबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएकाे छ।

जबराविरुद्धको उजुरीको विषय र पक्राउको कानुनी आधारबारे विस्तृत जानकारी सार्वजनिक भएको छैन। प्रहरीले पनि पक्राउबारे औपचारिक विवरण दिएको छैन। त्यसैले उनीमाथि लागेको आरोप वा यसपछिको कानुनी प्रक्रियाबारे अहिले नै निष्कर्ष निकाल्न सकिँदैन। तर, जबरा पक्राउ सम्बन्धमा उनको पारिवारिक सुत्रले पुष्टि गरेको छ।

जबरा २०७५ पुस १८ गते प्रधानन्यायाधीश बनेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। प्रस्ताव पारित नभए पनि उनी सर्वोच्च अदालतमा काममा फर्कन पाएनन् र निलम्बित अवस्थामै उनको कार्यकाल सकिएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button